Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ।

यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ । सीता राना मगरले पुनरागमन गर्दा टिममा पाँच परिवर्तन भएको छ ।

यसअघि टी२० महिला विश्वकप एसिया छनोट खेलेका टिमबाट ५ परिवर्तन भएको हो । सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी टिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.