कलाकार अनमोल केसी र जसिता गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङबाट आगामी फिल्म ‘जेरी अन टप’को प्रचारप्रसार थालेका छन् ।
त्यहाँको शहीद मैदानमा आइतबार हुन लागेको ‘शहीद कप टुर्नामेन्ट २०२५’मा अनमोल-जसिता अतिथि बनेर पुगेका हुन् । उनीहरूसँगै फिल्म निर्देशक सुयोग गुरुङ पनि छन् ।
सोही क्रममा उनीहरूले आफूहरू अभिनित रोमान्टिक फिल्मको प्रचारप्रसार पनि गर्नेछन् । आइतबार बेलुका हुने प्रतियोगिताको फाइनलमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने अपेक्षा छ ।
नेपालीभाषी बहुल कालिम्पोङ नेपाली फिल्मको राम्रो बजार हो । कतिपय फिल्मले पश्चिम बंगाल र सिक्किममा राम्रो कमाइ गरेका थिए ।