गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा फेसबुकमा नक्कली आइडी खोलेर पैसा मागेर ठगी गरिएको भन्दै गुनासो गरेका छन् ।
ती आइडीबाट जेनजी आन्दोलनपछि गरिबी लागेको भन्दै पैसा माग्ने गरेको देखिएको छ । एलिना र रचनाले मेसेजको स्क्रिनसट फेसबुकमा सेयर गर्दै पैसा नदिन आग्रह गरेका छन् ।
त्यस्ता आइडीबाट पैसा मागिएमा तुरुन्त ब्लक र रिपोर्ट गर्न एलिनाको आग्रह छ ।
एलिना लेख्छिन्, ‘ मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ- सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस् ।’