Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जेनजी आन्दोलन : २९ अस्पतालमा १५३ जना घाइते उपचाररत

जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको अहिले देशभरका २९ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार घाइतेमध्ये २८ जना ट्रमा सेन्टरमा, १७ जना त्रिवि शिक्षण अस्पतालमा, १४ जना काठमाडौँ मेडिकल कलेजमा, १२ जना नेपाल पुलिस अस्पतालमा र ८ जना चितवन मेडिकल कलेजमा उपचाररत छन्। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ।

आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीवन्दी र ३ जना प्रहरी गरी ७४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य तालिम

  • काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.