????????????????????????????????????

पोखरा । पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यसवर्षको साउन महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ ।

पोखरा– १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ ।

यी दिनमा भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ ।‘बोलबमको नाराले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ हुने कार्यक्रम साउनका चार वटै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले जानकारी दिनुभयो ।
‘‘१०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो, जुन केदारेश्वरमा मात्र उपलब्ध छ,’’ उहाँले भन्नुभयो ।

बोलबम संयोजक खरालका अनुसार शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संयोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको छ ।

केदारेश्वरमा संचालित केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश डा.चित्घन चैतन्य महाराज (लेखनाथ आचार्य) ले ८० जना बालकको शिक्षादीक्षा, आवासलगायतको व्ययभार पनि भएकोले कार्यक्रमको सफलता मूलमन्त्र हुने बताउनुभयो ।

पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकामा अहिले भारतबाट नेपाल आउन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार २४ वर्षअघि केदारेश्वरमा शुरु गरेको बोलबम अहिले गण्डकीकै संस्कृति बनेको छ । बोलबमले पोखरासहित गण्डकी प्रदेशकै धार्मिक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *