रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ।

हालै देशभर जेनजी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यहाँका १५० जना विद्यार्थीहरूलाई नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तालिम दिइएको हो ।

विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको हो ।

हालै भएको जेनजी आन्दोलनले देशभरका युवायुवतीमा गहिरो प्रभाव पारेको छ। आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ।