काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानबाट इमेलमार्फत धम्की आएको हो ।

इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका गतिविधिहरू निगरानी गरिरहेका छौँ र विश्वास गर्छौँ कि यो संवेदनशील मामिलामा तपाईंको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण छ । यो कुनै पब्लिसिटी स्टन्ट वा तपाईंलाई हैरानी गर्ने प्रयास होइन, हामी तपाईंलाई यो सन्देशलाई अत्यन्त गम्भीरता र गोपनीयताका साथ लिन आग्रह गर्दछौँ ।’

इमेलमा धम्की दिने व्यक्तिले आफ्नो नाम ‘विष्णु’ उल्लेख गरेका छन् । इमेलमा कपिललाई ८ घण्टाभित्र जवाफ दिन नत्र गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ र यस धम्कीको पछाडि कसको हात रहेको छ भन्ने खोजी गरिरहेको छ ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *