Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

घट्यो प्याजको भाउ, कतिमा भइरहेछ किनबेच ?

स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ ।

औसत मूल्य भने ३४ रुपैयाँ कायम छ ।
हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो ।

दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.