नेपाल पर्यटन बोर्डले बंगलादेशबाट नेपाल पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न १२औं एसियाली पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकाले भ्रमणका लागि आग्रह गरियो ।

२ देखि ४ असोज (१८–२० सेप्टेम्बर) सम्म ढाकास्थित अन्तर्राष्ट्रिय कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा पर्यटन बोर्डले नेपाल पर्यटक स्वागतका लागि पूर्णतया तयार रहेको सन्देश प्रवाह गरेको हो ।

हालैको जेनजी आन्दोलन क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो ।