



पोखरा । केही दिन देखि गायिका एलिना चौहान र समीक्षा अधिकारीले आफूलाई गाली गलौच गर्नेहरुको स्क्रिनसट फेसबुकमा पोस्ट गर्न थालेका छन् । उनीहरुले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने अभद्र र छुद्र शब्दहरु प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालबाटै सार्वजानिक गरेका छन् ।

असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।


अभिनेता दिपकराज गिरीले गायिकाद्धयको हाट र हिम्मतको प्रशंसा गरेका छन् । गिरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूमाथि गालि गर्ने सम्राटहरुलाई उदांगो पारेकोमा दुवै गायिकालाई शुभकामना दिएका छन् ।
गिरीले लेखेका छन्,
‘यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !
त्यो मध्य पनि समिक्षाको त म गायिकी को मात्रै होइन सुरूदेखि उनको साहसको पनि प्रसंसक हुँ
सानो उमेरमा नै उनि माथि जुन बज्रपात प¥यो त्यो ठाँउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर
उनीले परिस्थितिसँग घूडा टेकिनन र लड्दै आइन । त्यस्कै फलस्वरूप आज यँहा पुगिन ।
सामाजिक सञ्जाल कस्तो छ ?
आफूले समाजको लागि परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने, तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने, चरित्र माथि औला उठाउने । यस्तै चलिआएको छ ।
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराव, देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ।
आफूले समाज र राष्ट्रको लागि सिन्को नभाच्ने देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यहाँ भन्ने !
जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गाँउ देखि आएर संघर्ष गरेर, भोकभोकै बसेर हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि गाली गलौच ग¥र्यो अनेकथरि लान्छना लगायो बस्यो !
यो ठाँउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक ?
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न ?
को चाहन्छ खराब होस, तर भैदिन सक्छ कहिलेकाँही !
को छ यहाँ कमजोरी बिहिन मान्छे ?
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न गालि गरेर भएपनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ !
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानुन नै कमजोर, ठूला नेतालाइ गालि ग¥र्योे भने समातेर तु कारबाहि सुरू गरिहाल्ने तर अन्य मानिसहरूलाइ गरिएको गाली गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने ? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गालि सम्राटहरूलाइ तिमीहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदांगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुबै जनालाइ शुभकामना ! जय नेपाल !!’
