पोखरा । फिल्म ‘ए मेरो हजुर ५’ मा पल शाह भित्रने केही समय पहिला हल्ला चलेको थियो । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले अभिनेता पल शाहसँग भेट गरेको एक तस्वीर बाहिरिएको पनि थियो ।

तर, अब कथामा नयाँ ट्वीस्ट आएको छ । उक्त फिल्ममा पल नभइ अभिनेता अनमोल केसी भित्रिएका छन् । सोमबार साँझ निर्माता थापाले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

अनमोल स्वयंले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्ममा आफू अनुबन्धित भएको जनाएका छन् । उनले लेखेका छन्, ‘लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु ।’

यस्तै निर्देशक झरना थापा लेख्छिन्, “मेघास्टार अनमोल केसी भाईलाई ’ए मेरो हजुर–५’ मा स्वागत छ । ’ए मेरो हजुर–३’ र ’ए मेरो हजुर–४’ पछि हामी तेश्रोपटक सहकार्य गर्दैछौ । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने बिश्वास ब्यक्त गर्दै ’ए मेरो हजुर–५’ लाई सर्वोत्कृष्ट बनाउन कुनै प्रयास बाँकी राख्ने छैनौं भन्ने प्रण गर्दछु । हामीलाई साथ, समर्थन, माया र आशीर्वाद दिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक आभार ब्यक्त गर्दछु । हरे कृष्ण !”

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *