काठमाडौं । चर्चित भारतीय कलाकार प्रदीप रावत फेरि एकपटक नेपाली फिल्ममा देखिने भएका छन् । ‘गजनी’ भिलेनको रुपमा परिचित उनले चन्द्र पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’मा अभिनय गर्न लागेका हुन् । पन्तकै निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’बाट उनले नेपाली फिल्ममा डेब्यु गरेका थिए । उनले चन्द्रको भोजपुरी फिल्म ‘माही’मा समेत काम गरेका छन् ।

निर्देशक पन्तका अनुसार फिल्ममा प्रदीपले अभिनेता पल शाहको बुबाको भूमिका निभाउनेछन् । फिल्मको छायांकनका लागि भदौमा नेपाल आउन लागेका उनले नेपाली भाषामै संवाद बोल्ने जनाइएको छ ।

उनी अघिल्लो वर्ष ‘ह्रस्व दीर्घ’ रिलिजको समयमा दर्शकसँग भेट गर्न नेपाल आएका थिए । ‘आ बाट आमा’मा अभिनेत्री विपना थापाले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । यसमा पल उनको छोरा बनेर देखिने जनाइएको छ । आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथामा आधारित भएर बन्न लागेको यो फिल्मलाई आगामी फागुन १५ गते प्रदर्शन गरिँदैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *