भदौ महिनामा १८ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । सूचीमा नवीन सुब्बादेखि पाका निर्देशक उज्वल घिमिरेसम्म छन् ।

सूचीमा केही नयाँ निर्माता छन् भने कतिपयले सिक्वेल निर्माणको लागि अनुमति पाएका छन् ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले निर्माण इजाजत लिएको छ । यो फिल्मको छायांकन अहिले चलिरहेको छ ।
गीतकार समेत रहेका शंकर अघिकारी ‘घायल’ले फिल्म ‘सुस्केरा’ निर्देशन गर्ने भएका छन् । यो फिल्मले पनि अनुमति पाएको छ ।