काठमाडौं । असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । मारूनी भाकाको गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर तथा गायक सिवाकोटी स्वयंको संगीत र शब्द रचना छ ।

भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूसँगै कलाकारहरु सुन्दर धिताल र सब्बु गुरुङ नृत्य गर्दै देखिएका छन् । मेलामा भेट भएका सोल्टी(सोल्टीनीबीचको प्रेमलाई भिडियोमा उतारिएको छ । प्रकाशको जोडीको रुपमा परीक्षा प्रस्तुत छिन् । भिडियोका कोरियोग्राफी मौसम हिमाली हुन् ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहेको छ । अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको फिल्मले जातीय भेदभावका विरुद्ध आवाज उठाउँदै दुई प्रमुख पात्रको प्रेमकथा प्रस्तुत गर्ने जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *