



पोखरा । अभिनेता तथा निर्माता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

उनले गणतन्त्रलाई ‘बागमती नदीको संज्ञा दिएका छन् । गणतन्त्रप्रति आस्था र विश्वास सबैलाई भएपनि भ्रष्टाचारको कारण यसप्रति नागरिक असन्तुष्टि देखिएको उनको भनाइ छ ।


गिरी लेख्छन्, ‘गणतन्त्र बागमतीजस्तै हो । आस्था र विश्वास सबैलाई छ । भ्रष्टाचारको ढल धेरै मिसिएकाले मात्रै नाक खुम्च्याउनु पर्या हो । शुभकामना ।’
