


पोखरा । म्याग्दी खोला किनारकोे दरबाङ क्षेत्रमा छायांकन भैरहेको फिल्म ‘माइतीघर’बाट अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । तस्वीरमा उनी बाबाको भूमिकामा देखिएका छन् ।

हातमा त्रिशुल र डमरु, रुद्राक्षको माला र जटाधारी स्वरुपमा उनी शिवभक्त बाबाको रोलमा देखिएका छन् । माग्ने बुढाको लुक्सले कारणले पनि यो फिल्म दर्शकमाझ चर्चाको विषय बनेको छ । निर्माता रोहित अधिकारीको निर्देशन रहेको फिल्मको छायांकन ८० प्रतिशत सकिएको छ ।

