डान्सर तथा चलचित्र ‘एक्लो’ की प्रमुख कलाकार कविता नेपालीले एक दिनको अन्तरमा विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) र चौथो अग्लो शिखर ल्योत्से (८,५१६ मि) को सफल आरोहण गरेर ऐतिहासिक कीर्तिमान स्थापित गरेकी छन्।

कविताले गत आइतबार सगरमाथा र त्यसको भोलिपल्ट सोमबार ल्योत्से शिखरमा पाइला टेकेकी हुन्। दुई दिनभित्रै दुईवटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न सफल भएकी उनी नेपाली आरोहण इतिहासमा छुट्टै पहिचान बनाउँदै उदाएकी छन्।

दुवै शिखरमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराउँदै आफू अभिनीत चलचित्र ‘एक्लो’ को पोस्टरसमेत प्रदर्शन गरेकी थिइन्। लामो समयदेखि सगरमाथा आरोहणको तयारीमा रहेकी कवितालाई अहिले देशविदेशबाट बधाईको ओइरो लागेको छ।

सामाजिक सञ्जालमार्फत आफ्ना भावना सार्वजनिक गर्दै उनले लेखेकी छिन्, “यो यात्रा केवल शिखरहरूको बारेमा मात्र होइन, सपना देख्नेहरू, केही गर्न खोज्नेहरू र सीमा भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि थियो। सबैभन्दा महत्वपूर्ण कुरा, मैले यसलाई जितेकी होइन, यो जित भन्दा माथिको कुरा हो।”

कवितासँगै करिब एक दर्जन विदेशी नागरिकहरूले पनि यस पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

यो उपलब्धिले नेपाली महिलाहरूको सम्भावना, साहस र संकल्पलाई फेरि एकपटक विश्वसामु उजागर गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *