जेनजी आन्दोलनले रोकिएका फिल्मको छायांकन धमाधम सुचारु हुन थालेको छ । हल खुलिसकेका छन् भने फिल्म छायांकन थलोतर्फ प्रस्थान गर्न थालिसकेका छन् ।
रेखा थापाको फिल्म ‘३६ को आँकडा’को रोकिएको छायांकन सुचारु भएको छ । दशैंअघि छायांकन सक्ने गरि सुटिङ भैरहेको रेखाले जानकारी दिइन् ।
दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘कुमारी’को छायांकन सुरु भएको ६ दिन हुँदा अचानक जेनजी आन्दोलन चर्कियो । रोकिएको छायांकन सोमबारदेखि पुनः तनहुँमा सुरु हुने तयारीमा छ ।
क्याप्टेन साब, गोबर गणेश, काजी लगायतका फिल्मको रोकिएको छायांकन पनि धमाधम सुरु हुन थालेको छ । ‘परालको आगो’ले पनि रोकिएको छायांकन सुरु भएको निर्माताले जनाएका छन् ।