

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन २५ औं दिनमा प्याकअप भएको छ ।
सेभेन सिज फिल्मको प्रस्तुतिमा तयार भइरहेको अभिमन्युलाई नव निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन। अभिमन्यूमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकार शीर्ष भूमिकामा छन।


पैसाको मोहमा जालमा फसेको पात्रले उम्किन गर्ने संघर्ष नै फिल्मको मूल कथा हो। नेपाली र हिन्दी भाषामा डब गरिने ‘अभिमन्यु’ भदौ २७ गते नेपालसहित विश्वभर एकैसाथ प्रदर्शनमा आउनेछ ।
