काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालका किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ल्याएको ‘फ्यामिली पेयरिङ’ फिचरको लागि अभिनेता निखिल उप्रेती र सन्चिता लुइँटेलको परिवारलाई प्रवर्धन दूत बनाएको छ ।

यस फिचरमार्फत अभिभावकले टिनएजरको टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सुरक्षासम्बन्धी धेरै विकल्पमा पहुँच मिल्नेछ ।

‘फ्यामिली पेयरिङ’ फिचर सुरु गर्नको लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू एकापसमा जोड्न सकिन्छ । अकाउन्ट जोडिएपछि अभिभावकले छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सीधै सुरक्षासम्बन्धी सेटिङ परिवर्तन गर्न सक्नेछन् ।

यो फिचरले परिवारलाई मानसिक शान्ति दिने र किशोर प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारको बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन हुने बताइएको छ ।

यो फिचरलाई देशभर र्पुयाउन टिकटकले नेपालका चर्चित सेलिब्रेटी र डिजिटल इन्फ्लुएन्सरसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि संचालन गर्ने जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *