


पोखरा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चलचित्रमा संगीत भरेका छन् । चलचित्र ‘बिगुल’ मा शर्माले संगीत र शब्द रचना गरेका छन् । ‘आउ यस्तो देश बनाऔं’ बोलको गीतलाई शर्माले सिर्जना गरेका हुन् ।
उक्त गीतलाई बहुचर्चित गायक राजेश पायल राईले आवाज भरेका छन् । रमेश कोइरालको निर्देशनमा तयार हुन लागेको उक्त फिल्ममा सामाजिक तथा राजनीतिक विषयवस्तुलाई उठान गर्न खोजिएको छ ।


‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, र सुमोद भारद्वाज जस्ता कलाकारहरूको अभिनय रहनेछ ।
