पोखरा । आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘महाभोज’ को दुई पोस्टर सार्वजानिक गरिएको छ ।

सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको संकेत गर्छ ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ ।

चलचित्रका निर्देशक दिनेश राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलवार चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *