पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं। ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै हालतमा पनि कोटिहोम हुनुपर्ने आवाज राखेका छन् । मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं ६ मा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुसँग कोटिहोमबारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानियहरुले कोटिहोम ड्यासाइड क्षेत्रमा आयोजना हुँदा ड्यामसाइड क्षेत्रमा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायिलाई भरपुर फाइदा हुनुको साथै सकारात्मक संस्कारको पनि विकास हुने तर्क गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रतिक्रिया राख्दै विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका–६ का अध्यक्ष तुलसी दाहालले कोटिहोम महायज्ञको विषयमा अनावश्क प्रचार गर्नु हिन्दु धर्मप्रतिको प्रहार रहेको बताएका थिए । ‘कोटिहोमको विषयमा तथ्यहिन टिप्पडी गर्नु हाम्रो लागि अन्तन्तै दुखद कुरा हो,’ उनले भने ,‘कोटिहोम आयोजना हुँदा समग्र पोखरालाई विश्व सामू चिनाउन सहयोग हुन्छ । त्यसैले कोटिहोम कुनै हालतमा हुनै पर्छ । हाम्रो शतप्रतिशत समर्थन छ ।’

लिलबारी टोल बिकास समितीका अध्यक्ष टिकाराम परियालले पनि कोटिहोम ड्यामसाइडमा हुनुपर्ने कुरा राखेका छन । ‘यो हाम्रो लागि ठूलो अवसर हो । कोटिहोमले हामी सबैलाई फाइदै फाइदा छ । यो रोक्न खोज्ने,छेक्न खोज्ने प्रयास कतैबाट नहोस् । कोटिहोम हुनै पर्छ,हुन्छ । हाम्रो पूर्ण साथ र समर्थन छ,’ उनले भने ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं ६ मा रहेको महिला समूहको सञ्जाल,महिला सञ्जालकी अध्यक्ष बबिता मल्ले पनि कोटिहोम हुने कुराले उत्साहित भएको बताएकी छन् । सरसफाईको क्षेत्रलाई विशेष ध्यानमा राखेर कोटिहोम सञ्चालन गर्दा महिला समूहको पूर्ण साथ र समर्थन रहेको पनि उनले बताएकी छन् ।

पोखरा युवा परिषदका अध्यक्ष डिफान भुजेलले पनि दिनदाहाडै लागुऔषधमा फसेका र दिनरात कन्सटले ध्वनी प्रदुषण गरेर समाजमा विकृती फैलिदा कसैको ध्यान नजाने तर यति ठूलो धार्मिक कार्यमा बाधा पुर्याउने कार्य कुनै हालतमा सैय नहुने बताएका छन् । कोटिहोमको हर हिसावकिताब देखि लिएर सबै पक्षलाई पार्दशी गरेर कोटिहोम गर्दा आफ्नो समर्थन रहेको कुरा बताएका छन् ।

होटल संघ पोखराका सदस्य विवेक गौतमले पनि पोखराको लेकसाइडमा हुन लागेको कोटिहोमले सबैभन्दा खुशी होटल व्यबसायी रहेको बताएका छन् । त्यसैले कोटिहोम हुनुपर्ने उनको तर्क थियो । त्यस्तै कार्यक्रममा उपस्थित भएका दर्जनौ स्थानियहरुले कोटिहोम कुनै हालतमा हुनुपर्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रममा कोटिहोम महायज्ञ बारे कोटिहोमका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *