काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारित चर्चित टीभी रियालिटी शो कमेडी दरबारमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ । विजय बराल बाहिरिएपछि गजुरेललाई ‘महाराज’ को भूमिकामा ल्याइएको हो ।२७ औं भागमा महाराजाको भूमिकामा गजुरेललाई देख्न पाइनेछ ।

यसैगरी कार्यक्रमको होस्ट पनि परिवर्तन भएको छ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ बाहिरिएकी छन् । अब कार्यक्रमको सञ्चालन विक्की अग्रवाल र सजना खनालले गर्नेछन् । विक्की कार्यक्रमका प्रोड्युसर पनि हुन् । कमेडी दरबारको महारानीको भूमिकामा गौरी मल्लले निरन्तरता पाउनेछिन् । यो शो पछिल्लो समयको सर्वाधिक लोकप्रिय कमेडी शो हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *