गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटा कानुनी रूपमा अलग भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरूको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाउँदै वैवाहिक सम्बन्धको औपचारिक अन्त्य गरेको हो।

सम्बन्ध टुंगिएपछि एलिनाले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेकी छिन्। उनले विवाहका प्रतीकहरूबारे चर्चा गर्दै, “अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। सिउदोको सिन्दुर, हातभरिका चुरा र विवाहदर्ताको प्रमाणपत्र नयाँ भए पनि केवल यी चिजहरूले विवाह टिक्दैन रहेछ,” भन्दै आपसी विश्वास र समझदारी नै वैवाहिक जीवनको मुख्य आधार रहेको बताइन्।

एलिनाले आफ्नो स्टाटसमा यो सम्बन्ध रहरले नभई बाध्यताले टुंगिएको उल्लेख गरेकी छिन्। साथै, पत्नीसँगको नाता टुंगिएपछि उनले विष्णुलाई जीवनभरको लागि शुभकामना दिएकी छिन्। उनले पत्नीका रूपमा पाउने सम्पत्तिमा कुनै दाबी नगर्ने र विष्णुको प्रगति नै आफ्नो सन्तोष हुने बताइन्।

अब एलिना नयाँ अध्यायतर्फ अघि बढ्नेछिन्। काठमाडौं जिल्ला अदालतको फैसलासँगै उनीहरू कानुनी रूपमा अलग भइसकेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *