पोखरा,गायिका एलिना चौहानले हालै आफ्नो सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेखेपछि गायिका रचना रिमालले एक मार्मिक खुला पत्र लेखेकी छन्।

रचना रिमालले एलिनासँगको दिदीबहिनी सम्बन्धलाई उजागर गर्दै लेखेकी छिन्:

प्रिय दिदि एलिना

हाम्रो चिनजान साङ्गीतिक यात्रामा प्रवेश गरेपछि भयो। हामी केही समयको फरकमा यो क्षेत्रमा आएका हौं। प्रारम्भिक चरणमै केहि साङ्गीतिक सहकार्य गर्ने अवसर पायौं, जसले हाम्रो सम्बन्धलाई झन् गहिरो बनायो। बाहिरबाट हेर्दा हामीबीच प्रतिस्पर्धा वा इर्ष्या हुनुपर्ने ठानिन सक्छ, तर हाम्रो सम्बन्धमा त्यस्तो कहिल्यै रहेन।”

रिमालले केही सीमित व्यक्तिहरूले सम्बन्धमा फाटो ल्याउने प्रयास गरे पनि उनीहरू आफ्नो कर्ममा निरन्तर लागिरहेकै उल्लेख गरेकी छिन्।

एलिनाको विवाहको प्रसङ्ग उल्लेख गर्दै उनले लेखेकी छन्, “बिहेको दिनमा मनमा एउटै कुरा खेलिरहेको थियो— कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन?”

एलिना अस्ट्रेलिया गएका बेला उनले नेपाल फर्किन आग्रह गरेको र अहिलेको निर्णयलाई सम्मान गर्दै लेखेकी छिन्:

“दिदि, अब तपाईंलाई मुखले मात्रै होइन, मनबाट हासेको देख्न पाउँछु भन्ने ठूलो आशा छ। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु, भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि ♥️”

रचना रिमालको यो मार्मिक पत्रले गायिका एलिना चौहानसँगको उनीहरूको आत्मीय सम्बन्धलाई झल्काउँछ। एलिनाले लिएको नयाँ निर्णयबारे उनले खुलेर समर्थन जनाएकी छिन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *