


पोखरा । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्र रवि लामिछाने आइतबार एक करोड धरौटीमा छुटेका छन् ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट हालसम्मकै सबैभन्दा धेरै धरौटी मागिएको हो ।


यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । काठमाडौँ, पोखरा र रूपन्देही जिल्ला अदालतमा धरौटीमा रिहा भएका रविले २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइ सकेका छन् ।
यद्यपि, मुद्दा अझै यथावत् छन् । उनलाई अब चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म बैंक ग्यारेन्टीमा रिहा भइरहेका छन् ।
