


पोखरा । ‘पूर्णबहादुरको सारङ्गी’ सफल भएपछि विजय बराल धेरै निर्माताको नजरमा परे । यो बीचमा उनीलाई फिल्ममा लिनको लागि धेरै निर्माताले अफर गरे तर उनले तत्काल कुनै फिल्मसँग जोडिन चाहेनन् । बरु आफ्नो सुरुवातको सिकाई नाटक तिर मोडिए । नाजिर हुसेनले निर्देशन गरेको ‘हरिहजुर बा’ मा उनले काम गरे । योसँगै पहिल्यै अनुबन्धित भएको फिल्म ‘लाज शरणम्’ मा पनि काम गरे ।
यति खेर भने अभिनेता विजय बराल एउटा फिल्ममा अनुबन्धित भएका छन् । यो वर्षको अन्त्यसम्म छायांकन सुरु गर्ने तयारी गरिएको फिल्म ‘जनै हराएको बाहुन’ मा उनी अनुबन्धित भएका हुन् । यस फिल्ममा उनी प्रमुख भुमिकामा देखिनेछन् ।


विजयले ‘जनै हराएको बाहुन’ को लागि लेखिएको स्क्रिप्ट मन परेर फिल्ममा जोडिएको प्रतिक्रिया दिए। फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन्। पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ।
निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। फिल्मलाई हिमाल न्यौपानलेले निर्देशन गर्नेछन् ।
