काठमाडौं । कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्यान्डलबाट आफ्नो परिवारका सदस्यलाई धम्काएको भन्दै सजनले उजुरी दिएका हुन्। दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न उनले माग गरेका छन् ।

फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ । आफूले एन्जाइटीको औषधि लिइरहेको र पछिल्लो घटनाक्रमले आफू झनै मानसिक तनावमा परेको उनले बताएका थिए ।

गत साता सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायत विरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो । यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *