पोखरा । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ । आइतबार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार फिल्मको जाँच भएको थियो ।

फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको छ । अब यही महाशिवरात्रि अर्थात् फागुन १४ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद अफताव आलमले दिएको रिटमा सुनुवाइ गर्दै गत मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । त्यसैको आधारमा अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएपछि फिल्मको भविष्य सेन्सर बोर्डको हातमा थियो । अन्ततः बोर्डबाट फिल्मले प्रदर्शनको अनुमति पाएको छ । कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’ का दुईवटा प्रमोसनल गीत भने सार्वजनिक भइसकेका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *