


पोखरा,चलचित्र पत्रकार संघ नेपाल कास्कीले आगामी फागुन ९ देखि ११ गतेसम्म घलेगाउँ, लमजुङमा तेस्रो संस्करणको “सिनेमा संवाद @ घलेगाँउ”कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम चलचित्र क्षेत्रको उत्थान, सम्बृद्धि र प्रवर्द्धनका लागि समर्पित हुने संस्थाका सचिव सन्तोष बस्यालले बताए ।
कार्यक्रममा चार प्रमुख सेसनहरू आयोजना हुनेछन् जसमा विभिन्न क्षेत्रका विशेषज्ञहरूले छलफल र संवाद गर्नेछन्। पहिलो सेसनमा “सिनेमा र संगीत: कति मौलिक? कति आधुनिक?” विषयमा रिमा विश्वकर्माले सहजकर्ताको भुमिका निभाउनेछिन्। वक्ताहरूमा प्रकाश सपुत, सम्भुजित बासकोटा, बसन्त सापकोटा, र प्रकाश सायमी रहनेछन्। दोस्रो सेसनमा “सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर” विषयमा दिपक परियार सहजकर्ताको भुमिका निभाउनेछन्। वक्ताहरूमा आशा मगराती, नविन शुब्बा, विकास सुवेदी, र विश्वभट्ट दुलाल आहुति रहनेछन्। तेस्रो सेसनमा “रिलदेखि AI सम्म: प्रविधि र प्राविधिक” को बारेमा अपिल त्रिपाठीले छलफल गर्नेछन्।

कार्यक्रमको समर्थनमा चलचित्र बिकास बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, र क्व्होलासोथर गाउपालिका लम्जुङ रहेका छन्। प्रमुख पार्टनरहरूमा नेपाल टेलिकम, एनसेल, मायावी नेपाली सिनेमा, नेपाल पर्यटन बोर्ड, र यती एयरलाइन्स जस्ता संस्थाहरू छन्। हस्पिटालिटी पार्टनरको रूपमा होटल पौवा र मझेरि रिसोर्ट एण्ड स्पा र रेस्टुरेन्ट पार्टनरको रूपमा सरुमा चुल्हो र दमदार बिर्यानिले कार्यक्रममा सहयोग गर्दैछन्।कार्यक्रमले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
