काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ । गीतको भिडियो शर्माको युट्युबमा सार्वजनिक भएको छ ।

प्रमोदहरि गुरागाईंले रचेको गीतमा प्रमोद खरेलले स्वर दिएका छन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका हुन् ।

यो गीतको रेकर्ड चाहिँ गत बैशाख अन्त्यमा नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा गरिएको थियो । गीत रेकर्डपछि गायक खरेलले भनेका थिए– राजनीतिभन्दा पर बसेर गीतसंगीतमा उहाँको लगाव लोभलाग्दो छ । विश्व दाइको संगीतमा मीठो गीत रेकर्ड भयो ।’

काङ्ग्रेस महामन्त्री शर्मा गीत–संगीतसँगै साहित्यमा पनि रुचि राख्ने गर्छन् । उनले यसअघि पनि थुप्रै गीत बजारमा ल्याएका छन् । यसअघि शिव परियारको स्वरमा दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका थिए । लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गरेका थिए । भूकम्पको त्रासदीको समयमा उनले ‘स्वीकृति’ बोलको गीत पनि ल्याएका थिए, जसमा शिशिर योगीको स्वर रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *