


पोखरा । अभिनेता विजय बरालको मुख्य भुमिका रहने फिल्म ‘जनै हराएको बाहुन’ को थिम संवाद सार्वजानिक गरिएको छ । सार्वजानिक संवादमा बराल गाउँले युवकको भुमिका देखिने संकेत गरेको छ । गाउँले युवाले भोग्दै आएको समस्यालाई संवाद भिडियोमा सार्वजानिक गरिएको छ ।
भिडियोमा गाउँका दुई साथीमध्ये एकले गाउँ छाडेर सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद छ । संवादमा भनिएको छ, ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ? गाउँ नछोडी त सपना पुरा नहुँदो रहेछ साथी ।’


उक्त भिडियोमा फिल्मका दुई मुख्य कलाकार विजय बराल र मनिष राउतको स्वर छ । थिममा रहेको गीत गाएर टिकटकमा पोस्ट गर्नेमध्ये उत्कृष्ट स्वर हुनेलाई फिल्मको गीत गाउन अवसर दिइने जनाइएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्म चैत्रबाट छायांकन सुरु गर्ने निर्माणपक्षले बताएको छ ।
