


पोखरा । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो।


पोखरा महानगरपालिका वडा नं ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालय कक्षको काठको ऱ्याकमा रहेको चौध लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं ११ कालिका नगरको होटलबाट बाह्र लाख बाउन्न हजार पाँच सय असी र तीन थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी उनीहरूको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
