



काठमाडौं । भुवन केसीको निर्देशन रहने फिल्म ‘बाटुलो जून’ को पोस्टर सार्वजानिक गरिएको छ । फिल्मको पोस्टर सार्वजानिकसँगै शनिबारदेखि छायांकन सुरु गरिएको छ ।

सार्वजनिक पोसटरमा डेब्यु गर्ल प्रिन्सी खतिवडा र अभिनेता अनमोल केसीलाई चित्रण गरिएको छ । ५० दिनसम्म यो सोसल ड्रामा फिल्मको पहिलो चरणमा केही दिन मात्र छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी छ । सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा बन्ने फिल्मको बजेट २५ लाख बताइएको छ ।


