


पोखरा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
