


पोखरा । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्पले सोमबार राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । राष्ट्रपतिमा निर्वाचित भएको साढे दुई महिनापछि पदभार गर्न लागेका हुन् । ७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति भएका थिए । ।
ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बाहिरिने छन् । शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो भने मंगलबार सम्पन्न हुनेछ । ट्रम्पले पदभारसँगै करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।


पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ । त्यसै गरी पहिलो दिन नै उहाँले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देशनिकाला गर्न सक्ने आदेश दिनुहुने पनि बताइएको छ ।
