पोखरा । फिल्म ‘जार’ मा अभिनेता सौगात मल्ल बाघसँग सामाना गरेका छन् । स्क्रिप्ट अनुसार नै उनी बाघको सामाना गर्नु परेको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित उक्त विषयलाई कथामा उतारिएको छ ।

राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे फिल्म नै अधुरो हुने भएकोले जसरी पनि राख्नैपर्ने टिमलाई बाध्यता थियो ।

निर्देशक फुर्वा छिरिङ लामाले उक्त दृश्य राख्ने निर्णय गरे । यो दृश्य समावेश गर्नको लागि भीएफक्स बाहेक अन्य विकल्प थिएन । उक्त दृश्यको लागि फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको जनाइएको छ । लामो समय लिएर ३७ जना फ्रिलान्सर भिएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको निर्देशक लामाले बताएका छन् ।

आठ मिनेटको उक्त दृश्यका लागि हलिउड फिल्म ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत फिल्मका भिएफएक्स आर्टिस्टले काम गरेको उनले बताएका छन् । फिल्म ‘जार’ यही २६ वैशाखदेखि प्रदर्शन हुँदैछ । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *