

पोखरा । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा ‘मोहर’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकार नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । त्यस्तै कलाकार अर्जुनजंग शाहीलाई पनि पोष्टरमा समावेश गरिएको छ।
साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ । दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा यो चलचित्रको छायांकन गरिएको हो ।
