

पोखरा । भागेर अर्को विवाह गरेकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द जार हो । यही कथामा बनेको फिल्म ‘जार’ बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित भएर चलचित्र निर्माण भएको छ। इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ ।


फिल्मले प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउने उनको भनाइ छ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेलाको प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न पाइने उनका भनाइ छ ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा (भारतीय अभिनेत्री) लगायतको मुख्य भूमिका रहेको छ ।
