काठमाडौं । जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’को नयाँ गीत ‘झ्याम्‌की मादल झ्याम्’ सार्वजनिक भएको छ । गीतको भिडिओमा कलाकारहरु दिलीप रायमाझी, प्रियङ्का कार्की, उमेश राई, सुमन खाँड, सरोज केसीलगायतको अभिनय छ ।

बुढासुब्बाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक प्रताप दास र मेलिना राईको स्वर छ ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको उक्त गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक कविराज गहतराज हुन् । यसअघि चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ ।

रेडलाइन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *