पोखरा । अभिनेत्री सुरक्षा पन्त एक टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको संवादका कारण ट्रोलको शिकार भएकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् ।

धेरैले सुरक्षाको समर्थन गर्दै उनको अभिव्यक्ति र राजनीतिक स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने बताएका छन् । यस्तोमा, शनिबार बेलुका सुरक्षाले आफूलाई गालीगलौज गर्नेलाई जवाफ दिँदै फेसबुकमा कविता सेयर गरेकी छन् ।

समर्पित
मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !

पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार ।।
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *