

पोखरा । म्यूजिक भिडियोबाट व्यस्त मोडल उषा उप्रेतीले फिल्ममा डेब्यू गर्न लागेकी छन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो ।
उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् । पहिलो फिल्मलाई लिएर निकै उत्साहित देखिएकी उनलाई यतिबेला सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।


एक्सनप्रधान रहने ‘आचार्य’मा निखिल स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्चिता लुईँटेलको पनि अभिनय रहनेछ । यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा निखिल छन् ।
प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य फिल्ममा समावेश गरिँदैछ । त्यसका लागि निखिलले साउथका एक्सन कारियोग्राफरलाई अनुबन्ध गरिसकेको स्रोत बताउँछ ।
