


पोखरा — निर्देशक होम गुरुङ्गको निर्देशनमा तयार पारिएको नयाँ म्यूजिक भिडियो ‘रैछौ नौं जाले’ सार्वजनिक भएको छ। अमर घितालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अमर घिताल, केशव देवकोटा, कमला गैरे र सिता दाहाल कोइरालाले स्वर दिएका छन्।
मायाप्रेममा परेका जोडीको गतिविधि र आरोप प्रत्यारोपलाई समेटेर तयार गरिएको गीतलाई अमर घितालले नै शब्द र संगीत दिएका हुन्। भिडियोमा सरिता दानकोटी र जीवन वाग्लेले मुख्य अभिनय गरेका छन् भने दृश्यांकनको जिम्मा गणेश सापकोटाले सम्हालेका छन्।
