पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतले तीज गीतको मौलिकताको जगेर्नाका लागि ‘माइतीको सम्झना’ नाम गीत सार्वजानिक गरेको छ । पोहोरको तीजमा ‘काली पसम्ला’ तीज गीत सार्वजनिक गरेका पर्वतका कलाकाहरुले यस वर्ष संयुक्त रुपमा ‘माइतीको सम्झना’ सार्वजनिक गरेका हुन् ।
गीतमा पुजा कार्की शर्मा, सरस्वती लामीछाने, शोभा परियार, देवी परियार, सलिना गुरुङ, र मञ्जु बिक को सामूहिक आवाज सुन्न सकिन्छ । गीतमा कृष्ण कँडेल शब्द छन भने भने संगीत संयोजन सन्तोष सुवेदीले गरेका छन् । दिवस थापा मगरको संयोजन तथा रेकर्डिङ र गोविन्द ओलीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा उच्च स्तरमा पुर्याएको छ ।

भिडियो पक्षमा पनि यस गीतले उस्तै सशक्त प्रस्तुति दिएको छ । कलाकार अर्जुन थापा मगरको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा गायिकाहरु नै प्रस्तुत भएका छन् । कमल एलेक्सको क्यामेरा, सम्पादन तथा रङ संयोजनले भिडियोको सौन्दर्यलाई थप उचाइमा पु¥याएको छ । गीत ‘माइतीको सम्झना’ ले माइतीघरको सम्झना, महिला संवेदना र पारिवारिक सम्बन्धको कथा भावुक ढंगले प्रस्तुत गरेको छ ।
गीतको एक समारोहबीच बिमोचन गरिएको छ । सामाजिक अभियन्ता एवम नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाइले विमोचन गर्दै प्रतिष्ठान पर्वतले संस्थागत रुपमा गीतको संगीतको क्षेत्रमा गरेको कामको प्रशंसा गरे । स्थानीय कलाकार, स्थानीय स्रोतबाट सिर्जना भएको उक्त गीतले सम्पूर्णको मन जित्नेमा आशावादी रहेको जनाए ।

गीतलाई प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्रसागर श्रेष्ठ, प्रतिष्ठान पर्वतका पूर्व अध्यक्ष दिपक गदाल, जिल्ला सांस्कृतिक संघ पर्वतका अध्यक्ष शिव पुरी, ईनरह्ील पर्वतका अध्यक्ष सुजता वि पौडेल, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्माले शुभकामना दिएका छन् ।
