


पोखरा । यो वर्ष सर्वाधिक कमाइ गरेका फिल्म हो, ‘पूर्णबहादुर सारङ्गी’ । यो फिल्म चलाउनको लागि निर्माताले लाखौंको टिकट आफैले खरिद गरेको खुलाएका छन् ।
फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफूले फिल्मको टिकट किनेको स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २० र २५ लाखको त टिकट किन्नैपर्छ । १० र १२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’


फिल्म चलाउन लाखौंको टिकट काटेको स्वीकार गर्ने पहिलो निर्माता विनोद भए पनि फिल्म क्षेत्रमा यो नौलो भने होइन । पछिल्लो समय धेरैजसो निर्माताले आफैंले टिकट किनेर फिल्म हाउसफुल देखाउने प्रवृत्ति निकै मौलाएको छ ।
