पोखरा । भारतीय सुपरस्टार अल्लु अर्जुनले जन्मदिन विशेष पारेर आफ्ना फ्यानलाई विशेष उपहार दिएका छन् । मंगलबार जन्मदिन मनाउँदै उनले नयाँ फिल्मको घोषणा गरेका छन् ।

यो फिल्मका लागि उनले निर्देशक एटलीसँग सहकार्य गर्दैछन् । सन पिक्चर्सले सामाजिक सञ्जालमा २ मिनेट ३४ सेकेन्डको एउटा भिडियो पनि सेयर गरेको छ, जसमा एटली र अल्लु अर्जुन आफ्नो नयाँ प्रोजेक्टको लागि सँगै काम गरिरहेको देखिन्छ ।

भिडियोमा उनले फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गरेको पनि देखाइएको छ । अल्लु अर्जुनलाई चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदै गरेको देखाइएको छ, जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *