


पोखरा । चैत्र २९ गतेबाट २ नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुदैछन् । यी दुवै चलचित्र द्धन्द्ध प्रधान हुन् । दुवै चलचित्रका प्रचार सामाग्रीलाई दर्शकले रुचाएका छन्। सोहि कारण पनि यी दुवै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ।
रिलिज मिति नजिकिदै गर्दा मल्टिप्लेक्सले चलचित्रका शो खुलाएका छन्। दुवै नेपाली चलचित्रका शो लाई बलिउड चलचित्र ‘जाट’ ले असर पारेको छ। अहिलेसम्म खुलेका शो संख्यामा ‘जाट’ अगाडी रहेको छ। यो चलचित्रले अहिलेसम्म ११९ शो पाएको छ। चलचित्र ‘पिताम्बर’ ले १०२ शो पाएको छ भने ‘कर्मा’ ले ७१ शो पाएको छ। रिलिजको दिनसम्म यो शो संख्यामा परिवर्तन हुनेछ।


३०० बढी शो सहित रिलिज भएको चलचित्र ‘वसन्त’ ले अपेक्षाकृत व्यापार नगर्दा यसको शोमा भारि गिरावट आउने अनुमान गरिएको छ । यसको फाइदा नेपाली दुई चलचित्रले लिनसक्नेछन्।
