पोखरा । गण्डकी प्रदेशका युवा र युवतीहरुको प्रतिभा उजागर गर्दै सामाजिक सेवामा अभिप्रेरित गराउने उद्देश्यले गण्डकी डान्सिङ आइकन २०२४ सिजन १ आयोजना गरिने भएको छ। प्रतियोगिता माघ ५ गतेदेखि सुरु भई विभिन्न चरण पार गर्दै माघ २६ गते पोखरामा ग्राण्ड फिनालेसहित सम्पन्न हुनेछ।

गण्डकी प्रदेशमा बसोबास गर्ने युवा तथा युवतीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यो एकल नृत्य प्रतियोगिताले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। प्रतियोगिताको अन्तिम अडिसन माघ १२ गते सिर्जना चोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछ।

बिजेताले ५० हजार नगद पुरस्कारसहित गण्डकी डान्सिङ आइकन २०२४ को उपाधि जित्नेछन्। साथै, उत्कृष्ट २० प्रतियोगीलाई एक हप्ताको व्यक्तित्व विकास तालिम दिइनेछ। प्रतियोगितामा सहभागिताका लागि फारम दर्ता शुल्क रु १,००० तोकिएको छ।

कार्यक्रमको टाइटल स्पोन्सर चेरिस्मा कलेक्सन र संयोजक पवन रामदाम रहेका छन्। प्रतियोगिताले गण्डकी प्रदेशका प्रतिभाशाली युवाहरुको खोजी गर्दै उनीहरूलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *