पोखरा । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘ घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ। सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘ एमएसएम भिडियो’ मा प्रसारण हुने जनाएका छन्।

बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ। पहिलो सिजनको लागि १२ वटा शृंखला तयार भएका छन्, यी सबै शृंखला एकसाथ प्रसारणमा आउने बताइएको छ ।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ(इन रिलेसनशिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई पर्दामा उतारेको छ ।

नेपाली फिल्मकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् भने निर्देशक अधिकारी पनि कलाकारको रूपमा प्रमुख भूमिकामा छन्। अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *